Date and time
Friday | September 15 2023 | 5:30 am
Location
Online
About this event
यदि तपाई पशुहरुलाई माया गर्नु हुन्छ र उनीहरुको हकहितको लागि केही गर्न चाहानुहुन्छ भने 'एनिमल एड्भोकेसी एकेडेमी' मा आफूलाई सहभागी गराउन नछुटाउनुहोला।
तपाईहरुजस्तै व्यक्तिलाई लक्षित गरेर हामीले तपाईहरुको ज्ञान तथा क्षमता विकासको लागि ६ वटा भिन्ना भिन्नै कार्यशालाको सम्मिश्रणमा यो एकेडेमी तयार गरेका छौँ। पहिलो पटक नेपाली
भाषामा सञ्चालन हुन गईरहेको यस एकेडेमीमा विशेष गरी नेपाली पशु अभियान्ताहरुलाई नै लक्षित गरेर पशु अभियानमा नेपालको इतिहास र कानुन, प्रभावकारी सञ्चार कसरी गर्ने, परियोजना/अभियान निर्माण कसरी गर्ने जस्ता विभिन्न विषयहरुलाई समेट्न खोजिएको छ। कार्यक्रमको अन्तिम दिनमा ईच्छुक सहभागीहरुले आफूले विचार गर्नु भएको अथवा सोचेको परियोजना बारे हामीमाझ प्रस्तुती दिने अवसर पनि पाउनुहुनेछ।
Zoom App मार्फत पूर्ण रुपमा अनलाइन हुने यो एकेडेमी
आउँदो September 15, 16, 22, 23, 29 र 30 गरी हरेक हप्ताको शुक्रबार र शनिबार
दिउँसो 3:15 देखि 5:15 (नेपाली समय) सम्म सञ्चालन हुनेछ।
हरेक दिन सम्बन्धित विषयमा केही अनुभव बटुल्नुभएको वक्ताहरुको प्रस्तुती तथा मैत्रीपूर्ण वातावरणमा दुई तर्फी प्रश्न उत्तरको संवाद हुने हुँदा यो तपाईहरुको लागि धेरै कुराहरु सिक्ने र पशुहरुको हितको लागि एकआपसमा जोडिने अवसर हुन सक्छ।
थप जानकारी र आफ्नो नाम दर्ता गराउनको लागि
www.animalallianceasia.org/academy-nepal
हेर्नुहोला !
केही थप जिज्ञासा तथा प्रश्नहरु भए animalallianceasia.nepal@gmail.com मा इमेल पठाउन अप्ठ्यारो नमान्नुहोला।
#animaladvocacyacademy
#animalallianceasia
#animaljustice #animaladvocate #vegan #asianvegans #veganism #asiananimaladvocates #animaladvocacy #animals #nepal #nepali
Languages
English
Event type
Education
Social